असनमा आगलागी : ३५ लाखको क्षति

हिमाल प्रेस १० माघ २०८१ १९:४८ | Thursday, January 23, 2025
असनमा आगलागी : ३५ लाखको क्षति प्रतीकात्मक तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

आज (बिहीबार) दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युतको तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन्।

घटनास्थलमा परिसरबाट प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारको कमाण्डमा गएको १५ जनाको टोली र जुद्ध बारुण न्युरोडको दुई वटा बारुणयण्त्र र ललितपुरको एक गरी तीन वटा दमकलको सहयोगमा आगो निभाइएको उनले बताइन्। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको परिसरले जनाएको छ।

प्रकाशित: १० माघ २०८१ १९:४८ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast