अर्थतन्त्र विगतको सुधार हुँदै गएको छ : अर्थमन्त्री पौडेल

हिमाल प्रेस ६ माघ २०८१ १७:५२ | Sunday, January 19, 2025
अर्थतन्त्र विगतको सुधार हुँदै गएको छ : अर्थमन्त्री पौडेल फाइल तस्बिर।

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताएका छन्।

अर्थ मन्त्रालयले यहाँ आयोजना गरेको पत्रकाट भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै भएको भनेर सूचकहरूले नै देखाएको बताए।

‘हामीले आर्थिक सूचकहरुमा तलमाथी गरेका छैनौँ। सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ। तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ’ उनले भने। वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरू सुध्रँदै गएको उनले दाबी गरे।

‘आर्थिक परिसूचक अहिलेको भन्दा नकारात्मक थिए। ती परिस्सूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ। ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिशामा डोर्‍याएका छौं’ उनले भने।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता संगठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रको बढाउन भूमिका खेलेको उनको भनाई छ। अध्यादेशमार्फत ल्याइएका नयाँ निजी क्षेत्रको मनोबल र उत्साह बढेको उनले बताए।

प्रकाशित: ६ माघ २०८१ १७:५२ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast