रास्वपाले दियो अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

हिमाल प्रेस ८ माघ २०८१ १९:१५ | Tuesday, January 21, 2025
रास्वपाले दियो अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले आज (मंगलबार) काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेकोमा बधाईसहित सफल कार्यकालका लागि ट्रम्पलाई शुभकामना व्यक्त गरेका हुन्।

रास्वपाले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध ट्रम्पको दोस्रो कार्यकालमा थप प्रगाढ र विस्तार हुँदै जाने तथा अमेरिकी सहयोगले फराकिलो निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेको छ।

इमेलमार्फत् प्रेषित सन्देशमा अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनर्वहालीले अमेरिकी इतिहासमा उनको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख छ। सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरू हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख छ।

प्रकाशित: ८ माघ २०८१ १९:१५ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast