भूकम्पविद् सुवेदीले ल्याए नयाँ गीत ‘फेरियौ मायालु’

हिमाल प्रेस २६ पुष २०८१ ९:२६ | Friday, January 10, 2025
भूकम्पविद् सुवेदीले ल्याए नयाँ गीत ‘फेरियौ मायालु’

काठमाडौँ- भूकम्पविद् डा.शिव सुवेदीको नयाँ गीत ‘फेरियौ मायालु’ सार्वजनिक भएको छ। गीतमा गायिका समिक्षा अधिकारी र गायक कुशल बेलवासेको आवाज रहेको छ।

‘फेरियौ मायालु’ प्रेम वियोगात्मक कथामा आधारित गीत हो। विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन्।

स्मारिका ढकाल, अनिल पौडेल र सुरेश कोहलीले अभिनय गरेका छन्। गीतकारको रूपमा बेग्लै पहिचान बनाएका डा.सुवेदीका दर्जनौँ गीतहरू लोकप्रिय छन्।

उनका गीतहरूमा सामाजिक सन्देशसँगै प्रेम, विरह, मायाजस्ता भावनाहरूलाई मार्मिक रूपमा उतारिएको हुन्छ। गीतको म्युजिक भिडियो शिव सुवेदी च्यानलमा हेर्न पाइन्छ।

प्रकाशित: २६ पुष २०८१ ९:२६ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast