न्यायिक हिरासतमा रहेका रविको मुद्दा कसरी अघि बढ्छ ?

हिमाल प्रेस २९ पुष २०८१ ७:४७ | Monday, January 13, 2025
न्यायिक हिरासतमा रहेका रविको मुद्दा कसरी अघि बढ्छ ?

काठमाडौँ- आइतबार थुनछेक बहस सुरु नभएकाले ‘न्यायिक हिरासत’मा बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापतिको मुद्दा आज अघि बढ्दैछ।

हिजो थुनछेक बहसका लागि समय अभावका कारण न्यायधीशले ‘हिरासत’मै राख्ने आदेश दिएका थिए। आज भने लामिछानेको थुनछेक बहस सुरु हुने भएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो। तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन सकेको थिए ।

थुनछेक बहस सुरु हुन नसकेपछि लामिछानेलाई प्रहरी हिरासतमा राख्ने आदेश भएको थियो। लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन्। आइतबार बिहान उनी आफैँ अदालतमा हाजिर भएका थिए। आज थुनछेक बहस सकिए आजै आदेश आउनेछ।

रविविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित: २९ पुष २०८१ ७:४७ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast