तास ‘खेलिरहेका’ नौ जना पक्राउ

हिमाल प्रेस २ माघ २०८१ १४:२६ | Wednesday, January 15, 2025
तास ‘खेलिरहेका’ नौ जना पक्राउ फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँस्थित गोंगबुबाट जुवातास खेलेको आरोपमा नौ जना पक्राउ परेका छन्। उनीहरूलाई मंगलबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले गोंगबुका धर्म महर्जनको घरमा जुवातास खेलिरहेको सूचना पाएको थियो। प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले सोही ठाउँका ६४ वर्षीय जनक मानन्धरसहित नौ जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई ५५ हजार ५०० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ माघ २०८१ १४:२६ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast