टाइगर कपमा आयोजक र एपीएफले पहिलो क्वालिफायर खेल्ने

हिमाल प्रेस १५ माघ २०८१ १९:५८ | Tuesday, January 28, 2025
टाइगर कपमा आयोजक र एपीएफले पहिलो क्वालिफायर खेल्ने

पोखरा- पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ आयोजक टिम क्वालिफायर प्रवेश गरेको छ।

मंगलबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई सोझो सेट ३–० मा हराउँदै आयोजक टोली एपीएफसँग पहिलो क्वालिफायर खेल्ने निश्चित गरेको हो।

लिग चरणको एक खेलअगावै आयोजक टोलीले ३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो। उक्त समूहबाट दुवै खेलमा पराजित न्यू डायमण्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ।

महिलातर्फ मंगलबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सोझो सेटमा हराउँदै नेपाल पुलिस एलिमिनेटर राउण्ड प्रवेश गरेको छ। आर्मीलाई २५–१८, २५–२१ र २५–१९ सेटमा पराजित गर्दै पुलिस पराजित टिमबाट कुल ६ अंक जोड्दै शीर्षस्थानका साथ एलिमिनेटर राउण्डमा प्रवेश गरेको हो। यसअघि पुुलिसले थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबलाई ३–१ सेटले हराएको थियो। आर्मी र ट्राभल इन्क्वायरी एक खेलअगावै उपाधिबाट वञ्चित भए।

यसैगरी, मंगलबार पुरुषतर्फ त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३–१ सेट पराजित गरेको छ। ‘जित्ने समूह’ अब आर्मीले बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ। यो समूहबाट शीर्ष २ रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ।

पुरुषतर्फ अर्को खेलमा गण्डकी प्रदेशले एपीएफलाई ३–१ सेटमै पराजित गरेको छ। गण्डकी र एपीएफले टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबसँग खेल्नेछन्। त्यसपछि शीर्षस्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ।

महिला र पुरुषतर्फ ६/६ टिमले भाग लिएको प्रतियोगिता १९ माघसम्म चल्ने आयोजक टाइगर ग्रुप अफ नेपालले जनायो।

प्रकाशित: १५ माघ २०८१ १९:५८ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast