कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना, घण्टौँ हिँडेर खाद्यान्न किन्न बजार पुग्नुपर्ने बाध्यता हट्यो

हिमाल प्रेस ११ माघ २०८१ १०:०२ | Friday, January 24, 2025
कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना, घण्टौँ हिँडेर खाद्यान्न किन्न बजार पुग्नुपर्ने बाध्यता हट्यो प्रतिनिधिमूलक तस्बिर।

कालीकोट- कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका-२ भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो।

गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घण्टौं हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ। शुभकालिका गाउँपालिका वडा नं २ का वडाध्यक्ष मनबहादुर शाहीले ‘गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेको थियो,’ उनले भने, ‘सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो।’

गाउँपालिकाको पहलमा केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने वडाध्यक्ष उनले जानकारी दिए। स्थानीय तहसँग मिलेर नागरिकलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखाले जनाएको छ।

प्रकाशित: ११ माघ २०८१ १०:०२ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast