दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ पुर्जी

हिमाल प्रेस १६ पुष २०८१ ११:४८
6
SHARES
दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ पुर्जी दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई महाभियोग लगाउनुपर्ने माग गर्दै सोलस्थित सडकमा उत्रिएका प्रदर्शनकारी। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई पक्राउ पुर्जी जारी गरिएको छ। दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युनलाई पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ। देशमा घोषणा गरिएको सैनिक कानुनका कारण उनलाई पक्राउ गरिएको हो।

तत्कालीन राष्ट्रपति युनले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लगाउने घोषणा गरेका थिए। कडा विरोधपछि उनी निर्णय फिर्ता लिन बाध्य भएका थिए। त्यसपछि महाभियोग प्रस्ताव ल्याएर उनलाई राष्ट्रपतिको पदबाट हटाइएको थियो।

सैनिक कानुन लागू गर्ने युनको निर्णयविरुद्ध अनुसन्धान भइरहेको छ। उनीमाथि विद्रोह र देशद्रोहका आरोप लगाइएको छ। अनुसन्धानका क्रममा पछिल्लो दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि उपस्थित हुन तीनवटा पत्र पठाइएका थिए। उनले ती सबैलाई बेवास्ता गरेपछि पक्राउ पुर्जी जारी गरिएको समाचारमा उल्लेख छ।

अदालतले पुर्जीमार्फत अनुसन्धानकर्ताहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ। आइतबार राति अनुसन्धानकर्ताले विद्रोह र सत्ता दुरुपयोगको आरोपमा पक्राउ पुर्जी माग गरेका थिए।

युनका वकिलले अनुसन्धानकर्ताहरूको यो कदमलाई ‘अवैध’ भनेका छन्। सैनिक कानुनको घोषणा भएदेखि दक्षिण कोरिया राजनीतिक संकटमा छ। युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइएको छ। युनलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। १४ डिसेम्बरमा सांसदहरूले महाभियोग लगाउने निर्णय गरेपछि युनलाई राष्ट्रपतिको जिम्मेवारीबाट निलम्बन गरिएको हो। विपक्षीहरूले अर्थमन्त्री छोई साङ मोकलाई पनि महाभियोग लगाउने धम्की दिएका छन्। उनी अहिले कार्यवाहक राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्री दुवैको भूमिकामा छन्।

प्रकाशित: १६ पुष २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast