काठमाडौँ- पर्साको वीरगञ्ज महानगरपालिका-१६ भन्सार इलाकाबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका-३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई नियन्त्रणमा लिएको हो।
भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद भएको छ।
नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि पठाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित: १६ पुष २०८१ १०:३७
प्रतिक्रिया