इटहरीमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि, कुकुरभित्र दलको पर्चा

हिमाल प्रेस १६ पुष २०८१ ९:०५
44
SHARES
इटहरीमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि, कुकुरभित्र दलको पर्चा इटहरीमा शंकास्पद वस्तु भेटिएको स्थान। तस्बिर : विवेक विवश रेग्मी

इटहरी- इटहरीमा भेटिएको शंकास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ। इटहरी उपमहानगरअघि फेला परेको शंकास्पद वस्तु कुकर रहेको पुष्टि भएको हो।

नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा शंकास्पद वस्तु कुकर रहेको प्रहरीले जनाएको छ।

उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ । ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चा फेला परेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘बम राखेको भन्दै प्रहरीलाई म्यासेज आएपछि विशेष सावधानी अपनाएका छौँ।’

सेनाले अब बूढीखोला नजिकै रहेको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको छ। इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए।

अरूतिर सहजै भेटिएपनि बूढीखोला नजिकै राखेको बम भने फेला पार्न नसकिने भन्दै प्रहरीमा म्यासेज आएको र त्यसबारे सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित: १६ पुष २०८१ ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast