जसले शिक्षकको पेन्सनपट्टा बनाउन तीन लाख घुस लिए

हिमाल प्रेस १५ पुष २०८१ १५:१९ | Monday, December 30, 2024
जसले शिक्षकको पेन्सनपट्टा बनाउन तीन लाख घुस लिए

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंले शिक्षक पेन्सनपट्टा बनाउन तीन लाख रुपैयाँ घुस लिएका छन्।

पेन्सनपट्टा बनाइदिने भन्दै सेवाग्राहीसँग तीन लाख रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रसाईंलाई आइतबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले उक्त घटनाबारे जारी विज्ञप्तिमा भने,‘राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले निज धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट रू.३,००,००० (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट मिति २०८१।०९।१४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।’

याे पनि

शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्न शिक्षामन्त्रीको निर्देशन

प्रकाशित: १५ पुष २०८१ १५:१९ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast