नेपालमा फेरि भेटिए मंकीपक्स संक्रमित

हिमाल प्रेस १५ पुष २०८१ ६:३६
10
SHARES
नेपालमा फेरि भेटिए मंकीपक्स संक्रमित

काठमाडौँ- नेपालमा थप एकमा मंकीपक्स संक्रमण पुष्टि भएको छ। साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

उनले भने, ‘थप एक जनामा पुष्टि भएको सत्य हो। परीक्षणको क्रममा संक्रमण देखिएको छ। संक्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ।’

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए। यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मंकीपक्स संक्रमण पुष्टि भएको थियो।

मंकीपक्सको संक्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ।

प्रकाशित: १५ पुष २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast