काठमाडौँ- विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले आफ्नो स्थान पक्का गरेको छ। आइतबार भएको टेस्ट म्याचमा पाकिस्तानलाई पराजित गरेर दक्षिण अफ्रिकाले टेस्ट च्याम्पियनसिफको फाइनलमा स्थान पक्का गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टेस्ट च्याम्पियनसिपको फाइनलका लागि दक्षिण अफ्रिकाको स्थान पक्का भएको बताएको छ।
फाइनलका लागि दक्षिण अफ्रिकाको स्थान पक्का भए पनि अर्को टिम कुन हुने यसबारे प्रस्ट भइसकेको छैन्।
सेन्चुरियनमा भएको टेस्ट म्याचमा दक्षिण अफ्रिकाले पाकिस्तानविरूद्ध ८ विकेट गुमाएर १५० रन बनाएर जित हासिल गर्यो। पाकिस्तानले जितका लागि दक्षिण अफ्रिकालाई १४८ रनको लक्ष्य दिएको थियो।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले इनिङ सम्हाल्दै २६ बलमा ३१ रन बनाए। उनी नटआउट रहे। पाकिस्तानले पहिलो इनिङमा २११ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले ३०१ रन बनायो।
दोस्रो इनिङमा पाकिस्तान २३७ रनमा अलआउट भयो। विश्व टेस्ट च्याम्पियनसिफको रैंकिङमा यतिबेला दक्षिण अफ्रिकापछि अस्ट्रेलिया र भारत रहेका छन्।