खेलकुदको विकासमा कांग्रेसले विशेष ध्यान दिन्छ : शेरबहादुर देउवा

हिमाल प्रेस १४ पुष २०८१ १७:४३
14
SHARES
खेलकुदको विकासमा कांग्रेसले विशेष ध्यान दिन्छ : शेरबहादुर देउवा फाइल तस्बिर।

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको विकासमा पार्टीले ध्यान दिने बताएका छन्।  नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले खेलकुद जगतलाई कांग्रेसले महत्वका साथ हेरेको भन्दै यस क्षेत्रको बिकासमा ध्यान दिने बताएका हुन्।

उनले हरेक युवाहरुलाई खेल क्षेत्रमा जोड्न सके खेलको पनि बिकास हुने धारणा राखे। देउवाले बिभिन्न रनिङ् शिल्डलाई पनि प्रभावकारी ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिए। ओलम्पीक कमिटीमा देखिएको विवाद उचित नभएको भन्दै उनले अदालतको आदेश सवैले मान्नुपर्ने जिकिर गरे।

कार्यक्रममा संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजक एवं कांग्रेस सांसद मोहन बहादुर बस्नेतले देशलाई चिनाउनका लागि खेलकुदको धेरै योगदान रहेपनि खेल क्षेत्रको उचित बिकास हुन नसकेको बताए।

उनले खेलकुदको क्षेत्रमा भएको बजेट न्यून रहेकाले यसलाई बढाउनका लागि पार्टीले पनि पहल गर्नुपर्ने धारणा राखे।  उनले सबै तहका खेल क्षेत्रमा केहि न केहि रकम छुट्टाएको अवस्थामा सवैले आ–आफ्नो ठाँउबाट पनि खेल क्षेत्रलाई अघि बढाउन भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रकाशित: १४ पुष २०८१ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast