दक्षिण कोरिया विमान दुर्घटना : मृतकको संख्या १७६ पुग्यो

हिमाल प्रेस १४ पुष २०८१ १५:३९
34
SHARES
दक्षिण कोरिया विमान दुर्घटना : मृतकको संख्या १७६ पुग्यो तस्बिर : एफपी

काठमाडौँ – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको जहाज दुर्घटनामा मृतकको संख्या १७६ पुगेको छ। मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङका क्रममा विमान दुर्घटना भएको हो।

दक्षिण कोरियाका अधिकारीहरूले जनाएअनुसार दुर्घटनामा कम्तीमा १७६ जनाको मृत्यु भएको छ। दुई जनालाई जीवित उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्यसहित १८१ जना सबार थिए। जेजू एयरलाइन्सको यो विमान बैंङकङबाट दक्षिण कोरिया गइरहेको थियो। समाचार एजेन्सी योनहेपले जनाएअनुसार जहाजमा सवार यात्रुमध्ये १७३ दक्षिण कोरियाली र दुई जना थाइल्यान्डका नागरिक थिए।

विमान दुर्घटनाको यथार्थ कारण नखुले पनि चरासँग ठोक्किएर दुर्घटना भएको समाचार एजेन्सी योनहेपले जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा ल्यान्डिङका बेला जहाज रनवेबाट चिप्लिएर पर्खालसँग ठोक्किएको देखिएको छ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग–मोक घटनास्थल पुगेका छन्। उनले उद्धार कार्यलाई तिब्रता दिन निर्देशन दिएको अधिकारीहरूले बताएका छन्।

यता जहाज निर्माता कम्पनी बोइङले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। आफूहरू जेजू एयरसँग निरन्तर सम्पर्कमा रहेको बोइङले जनाएको छ। जेजू एयरका अनुसार दुर्घटनाग्रस्त विमान बोइङको ७३७–८०० रहेको थियो।

प्रकाशित: १४ पुष २०८१ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast