काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का घाइते भएका जनकपुर बोल्ट्सका कप्तान अनिल साहले यसअघि मधेश प्रदेशबाट प्रधानमन्त्री कप खेलेका थिए।
मधेशका ओपनर ब्याट्सम्यान रहेका अनिल एनपीएलको प्लेअफ खेलअघि घाइते भएका थिए। मधेशबाट आकर्षक ब्याटिङ गरेकै कारण अनिल राष्ट्रिय टिममा परेका थिए। तर यसपटक भने मधेशबाट खेल्ने खेलाडीको लिस्टमा अनिल छैनन्। मधेशले अब जय ट्रफी मेन्स एलिट कप खेल्दैछ।
ओपनिङमा आएर आकर्षक र आक्रामक ब्याटिङ गर्ने अनिल यसपटक मधेशबाट नदेखिने भएका हुन्, जिज्ञासा बढेको छ। हो, मधेशले प्रतिनिधित्व गर्ने एलिट कप अनिलले नखेल्ने भएका छन्। कारण हो, उनको हातको चोट। यही कारण अनिलले एलिट कप गुमाउने भएका छन्।
यसअघि जनकपुरका पनि दुई खेल अनिलले खेलेका थिएनन्। उनीबिनै जनकपुर मैदान उत्रेको थियो। ओपननिङ ब्याटिङमा आउने अनिलको अनुपस्थितिमा एनपीएलमा लाहिरु मिलान्थाले आसिफ सेखलाई साथ दिएका थिए। उनको हातमा चोट लागेको कारण ब्याडिज गरिएको छ। यही कारण उनले आउँदो जय ट्रफी मेन्स एलिट कप गुमाउँने भएका छन् ।
यसै वर्षको सुरुमा भएको प्रधानमन्त्री कप क्रिकेटमा टोलीलाई शीर्ष चारमा पुर्याउन अनिलले महत्वपुर्ण योगदान गरेका थिए । अनिलले ९ खेलमा १ शतक सहित ३ सय ८६ रन जोडेका थिए।
मधेश क्रिकेट संघले शनिवार हरिशंकर शाहको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ। घोषित प्रारम्भिक टोलीमा शल्यक्रियाका कारण आराम गरिरहेका पवन सरार्फ समेत टोलीमा रहेका छैनन्।