पूर्वन्यायाधीश वस्तीको हृदयघातबाट निधन

हिमाल प्रेस १३ पुष २०८१ १३:५९
10
SHARES
पूर्वन्यायाधीश वस्तीको हृदयघातबाट निधन

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ। पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उनको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

प्रकाश वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहेको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ। वस्तीको शव अस्पतालमै राखिएको छ। उनका श्रीमती, एक छोरा र तीन छोरी छन्।

पूर्वन्यायाधीश वस्तीले करिब छ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम गरेका थिए। उनले २०६५ साल भदौ २२ गते नियुक्त भएर पदावधि नथपिएपछि २०७० चैत २९ मा अवकाश भएका थिए।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी छ वर्ष मानवअधिकार आयोगको सदस्य भएर काम गरे। अवकाश जीवन बिताइरहेका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न हुन्।
गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिएका वस्ती २०३३ सालदेखि कानुन व्यवसायमा प्रवेश गरेका थिए।

विस २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका उनको भ्रष्टाचार नियन्त्रण, देवानी कानुन एवं कानुनी प्रणालीको विकासक्रमका विषयमा रुचि थियो। उनले लेखेका धेरै पुस्तक बजारमा छन्।

प्रकाशित: १३ पुष २०८१ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast