काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा पार्टी कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो।
पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएसँगै अर्याल कार्यवाहक सभापति तोकिएका छन्।
आजको बैठकमा पार्टीको केन्द्रीय विभागमा सदस्य मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको रास्वपाले जनाएको छ।
प्रकाशित: १२ पुष २०८१ १७:१६
प्रतिक्रिया