काठमाडौँ- पुसको दोस्रो शनिबार। सधैँझैँ हामीले केही समय यता साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।
जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। विभिन्न कथावस्तुमा आधारित नाटक र फिल्म चलिरहेको छ। फुर्सदमा हुनुहुन्छ भने हेरौं यो साता अन्य साहित्यक कार्यक्रमलगायत के के हुँदैछन् त?
शिल्पीमा थिएटरमा ‘बट स्टिल वी राइज’
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘बट स्टिल वी राइज’ मञ्चन भइरहेको छ। नाटक लेखक तथा निर्देशक सुदाम सिके र आकांक्षा कार्कीले निर्देशन गरेका छन्। कथा घेराको प्रस्तुति रहेको नाटकको कथा मिल्सन राईले लेखेका हुन्। नाटक आज दिउँसो १ बजे र साझँ ५ बजेको दुई सो छ।
नाटकमा निर्मला भण्डारी, सरिता थुलुङ, पूजा अधिकारी, सुन्दरी मिश्र, सर्मीला विश्वकर्मा, शिल्पा ढुङ्गेल, पूजा कुमारी बैस्या, निहारिका काफ्ले, एलिसा बडे श्रेष्ठ, शोभा लिम्बू, भूमिका थारु र रिच्मा गुरुङको अभिनय छ।
मण्डला नाटकमा ‘हरि हजुरबा’
थापागाउँस्थित मण्डला नाटकघरमा पुस ४ देखि नाटक ‘हरि हजुरबा’ मञ्चन भइरहेको छ। नाटकका लेखक, परिकल्पनाकार तथा निर्देशक नाजिर हुसेन हुन्। नाटकमा हुलाकी हरि र द्वन्द्वमा हराएकी नातिनी आउने आशामा बाँचिरहेका हजुरबाको कथा प्रस्तुत गरिएको छ। नाटक शनिबार दिउँसो १ बजे र साँझ ५ः३० बजे गरी दुई सो हुँदैछ।
निर्देशक नाजिरसहित नाटकमा विजय बराल, रिय्हुल्साङ् राई, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष राज पाण्डे र रिसु राउतले अभिनय गरेका छन्। नाटक पुस २८ सम्म मञ्चन हुनेछ।
हलमा कुन कुन फिल्म?
देव वाणी
पुस १० देखि हलमा फिल्म ‘देव वाणी’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक बाबु साहेब बलामी हुन्। एक्सन र ड्रामा जनरामा बनेको फिल्म प्रेम र बदलाको कथामा आधारित छ। फिल्म सीमित हलमा चलिरहेको फिल्ममा कुन्दनराज भार्द्वाज र अनुजा लेप्चा, रवीन्द्र झा, सुनिल थापा, नन्दु श्रीवास्तव, ह्यारी जोनलगायत कलाकारको अभिनय छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाज, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, सिडिसी सिनेमाज, विश्वज्योति हल, अष्टनारायण हलमा फिल्मको सो छ।
बेबी जोन
पुस १० देखि नेपालमा बलिउड फिल्म ‘बेबी जोन’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन, ड्रामा र थ्रिलर जनरामा बनेको छ। कलीसले निर्देशन गरेको फिल्ममा वरुण धवन, कीर्ति सुरेश, वामिका गब्बी,ज्याकी श्रापलगायत कलाकारको अभिनय छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको २५ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति हल, सिटी सिनेमाज, अष्टनारायण हल र कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
मुफासाः द लायन किङ
हलिउड फिल्म ‘मुफासाः द लायन किङ’ पुस ५ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक बेरी जेनकिन्स हुन्। एडभेञ्चर र ड्रामा जनरामा बनेको फिल्ममा आरोन पियारे, केल्विन ह्यारिसन जूनियर, सेथ रोजेन मुख्य भूमिकामा छन्।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाज अन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिम मलमा फिल्मको १६ सो छ। वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, अष्टनारायण हलमा फिल्म प्रदर्शन भइरहेको छ।
पुष्पा २ः द रुल
मंसिर २१ देखि नेपालमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ उच्च सोसहित प्रदर्शन भइरहेको छ। फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। एक्सन, क्राइन, ड्रामा जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, र सिटी स्क्वायर मलमा फिल्मको १४ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
तेल भिसा
मंसिर ७ देखि नै हलमा ‘तेल भिसा’ पनि प्रदर्शन भइरहेको छ। फिल्म डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै पलायन हुने नेपाली समाजको परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा लामा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल र सिभिल मलमा फिल्मको दुई सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिएसआर मुभिजमा फिल्म चलिरहेको सो छ।
पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ। फिल्मले हलमा ५१ दिन मनाइसकेको छ। हालसम्म ४९ करोड ८९ लाख ग्रस कलेक्सन गरिसके टिमको दाबी छ। गन्धर्व समुदायको कथाम आधारित फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल र भाटभटेनी भक्तपुरमा फिल्मको ५ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ।