काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुशासन अभावले पार्टीभित्र द्वन्द्व, अविश्वास र विघटन निम्त्याउने बताएका छन्।
‘पार्टी अनुशासनबारे एआईको धारणा’ शीर्षकमा सामाजिक सञ्जालमा लेख्दै उनले कुनै पनि पार्टीको दीर्घकालीन सफलता र स्थायित्वका लागि अनुशासन अत्यावश्यक हुने लेखेका छन्।
‘पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च छ, किनभने कुनै पनि संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुन्,’ उनले लेखेका छन्, ‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ।’
‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ’, पोखरेलले लेखेका छन्।उनका अनुसार पार्टीमा अनुशासनका मुख्य ६ महत्त्व छन्।
बुधबार बसेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गरेको थियो । यस्तै केन्द्रीय सदस्यद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको थियो।