काठमाडौँ- एमपक्स पुष्टि भएका बिरामी खतरामुक्त भएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। पुस ५ गते एमपक्स पुष्टि भएका उनको उपचार भइरहेको हो।
उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न छाला तथा यौनरोग विशेषज्ञ डा. शिवेन्द्र कुमार झाले बताए। ‘गत शुक्रबार मात्रै पत्ता लगायौँ । उहाँ भर्ना भइ उपचाररत हुनुहुन्छ । उहाँको अवस्था सामान्य नै छ,’ उनले भने, ‘उहाँ भर्ना हुन आउँदा धेरै घाउ थियो । शरीरको ५० भन्दा बढी भागमा घाउ देखिएको थियो । हातमा, पैतलामा, टाउकोमा, गुप्तअंगहरुमा घाउ देखिएको थियो । विस्तारै सुधार हुने क्रममा छ ।’
डा. झाका अनुसार एमपक्स भनेर उपचार नभएपनि यसमा ‘सर्पोटिभ कियर’ गर्न सकिने बताए । ‘यसमा स्याहार सुसारको कुरा आउँछ । त्यसमा जोड दिएका छौँ,’ उनले भने, ‘खानपिन, छाला स्याहारमा जोड दिएका छौँ ।’