लुम्बिनी- उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सव औद्योगिक विकासका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसँगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने बताएका छन्।
उपप्रधानमन्त्री सिंहले आज (बुधबार) बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ को अवलोकनका क्रममा यस्ता मेला महोत्सवले उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने र औद्योगिक विकासमा टेवा पुग्ने बताएका हुन्।
उनले बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रिपरिषदबाट पारित भइसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराए।