कजाकिस्तानमा ६७ जना सबार जहाज दुर्घटना

हिमाल प्रेस १० पुष २०८१ १४:४१
8
SHARES
कजाकिस्तानमा ६७ जना सबार जहाज दुर्घटना

काठमाडौँ- कजाखस्तानमा ६७ जना सवार जहाज दुर्घटना भएको छ। कजाखस्तानकोअकताऊ सहरमा एम्बरार १९० कलसाइन भएको विमान दुर्घना भएको हो।

स्थानीय अधिकारीहरूका अनुसार विमानमा पाँच चालक दलसका सदस्यसहित ६७ जना सवार थिए। कजाखस्तानको आकस्मिक मन्त्रालयले जनाएअनुसार दुर्घटनामा २५ जनाको जीवित उद्धार गरिएको छ।

ल्यान्ड गर्ने क्रममा जहाजमा आगो लागेको बताइएको छ। अजरबैजान एयरलाइन्सको यो जहाज रूसको चेचन्यामा ग्रोजनीतर्फ गइरहेको रूसका सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अत्याधिक हुस्सुका कारण जहाज गलत दिशातर्फ मोडिएको बताइएको छ।

प्रकाशित: १० पुष २०८१ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast