स्याङ्जामा ट्याक्टर पल्टिँदा एकको मृत्यु, तीन घाइते

हिमाल प्रेस १० पुष २०८१ १०:०४
10
SHARES
स्याङ्जामा ट्याक्टर पल्टिँदा एकको मृत्यु, तीन घाइते

स्याङ्जा- स्याङ्जामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। मंगलबार राति पौने आठ बजे कालीगण्डकी गाउँपालिका-३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह, कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाई ११ का १४ वर्षीय सिकिन्दर यादव घाइते भएका छन्।

घाइतेमध्ये साह र मन्सुरीको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए। उनीहरूलाई कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।

प्रकाशित: १० पुष २०८१ १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast