कालिमाटीमा घट्यो अधिकांश तरकारीको भाउ, [कुन तरकारीको मूल्य कति]

हिमाल प्रेस १० पुष २०८१ ९:४२
16
SHARES
कालिमाटीमा घट्यो अधिकांश तरकारीको भाउ, [कुन तरकारीको मूल्य कति] काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बुधबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा प्याज, फर्सी, काउली, गोलभेँडा लगायतका तरकारीको मूल्य थोरै घटेको छ। तर, धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालिमाटीमा आज सबैभन्दा सस्तो तरकारी हरियो फर्सी छ। हरियो फर्सीको न्यूनतम मूल्य आज २० रुपैयाँ मात्रै छ। त्यसैगरी तराईको काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३५ रुपैयाँ मात्रै छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो गोलभेँडा ५५, रातो आलु ६२, सेतो आलु ४१, गाँजर १०५, तराईको बन्दा ३५, तराईको काउली ३७, सेता मुला ३५, सुकेको भारतीय प्याज ६४ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरी लाम्चो भन्टा ६२, करेला ९५, लौका ८५, हरियो फर्सी २५, स्कुस ३०, भिन्डी १२५, कन्य च्याउ १४५, डल्ले च्याउ २९०, ब्रोकाउली ७५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ८५, सानो नेपाली गोलभेँडा ५५, भारतीय रातो आलु ४७, सेतो आलु ४१, सुकेको भारतीय प्याज ६७, तराईको बन्दा ४०, तराईको काउली ४५, हरियो फर्सी ३५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी हिजो भिन्डी १३०, स्कुस ३०, रायोको साग २५, चम्सुरको साग ५८, कन्य च्याउ १५३, डल्ले च्याउ ३२६, ब्रोकाउली ७५ रुपैयाँ प्रतिकिलो थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast