मोरङमा हातखुट्टा बाँधिएको अवस्थामा अचेत भेटिइन् युवती, बलात्कारको आशंका

हिमाल प्रेस ९ पुष २०८१ १९:४०
34
SHARES
मोरङमा हातखुट्टा बाँधिएको अवस्थामा अचेत भेटिइन् युवती, बलात्कारको आशंका

इटहरी- मोरङमा एक युवतीमाथि बलात्कार भएको हुन सक्ने आशंका गरिएको छ। मंगलबार दिउँसो साढे १२ बजेतिर हात, खुट्टा बाँधिएको अवस्थामा २३ वर्षीया युवती अचेत भेटिएपछि बलात्कार भएको हुन सक्ने आशंका गरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीका अनुसार जिल्लाको कटहरी-२ मा युवती अचेत अवस्थामा भेटिएकी हुन्।

खेतको छेउमा रहेको बाँसको झ्याङ नजिकै हात, खुट्टा बाँधेको र मुखमासमेत पट्टी बाँधेको अवस्थामा युवतीलाई अचेत अवस्थामा फेला पारिएको जोशीले जानकारी दिए।

‘स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्कालै प्रहरी घटनास्थलमा पुगेर उद्धार गरेको थियो,’ जोशीले फोन सम्पर्कमा भने, ‘हामीले घटनास्थलबाट उद्धार गरी पीडितको उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरेका छौँ।’

घटनाको प्रकृति हेर्दा बलात्कार भएको हुन सक्ने उनले बताए। ‘घटनाको प्रकृति हेर्दा बलात्कार भएकोजस्तो देखिन्छ। यद्यपि हो नै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य परीक्षणको रिपोर्ट र थप अनुसन्धानपछि वास्तविकता खुल्छ।’

उनको स्वास्थ्यमा अहिले केही सुधार आएको छ। बलात्कारको अनुमान गरिए पनि अस्पतालको रिपोर्ट नआईकन प्रहरीले यसै भन्न नसक्ने उनको भनाइ छ। ‘हामीले अनुसन्धान गरिरहेका छौँ। सबै डिटेल आएपछि तथ्य सार्वजनिक गर्छौँ,’ उनले भने। घटनाबारे सूक्ष्म किसिमबाट अनुसन्धान तीव्र पारिएको उनले जनाए।

पीडित युवतीकी दिदीका अनुसार मंगलबार बिहान उनी घरबाट मर्निङ वाकका लागि निस्किएकी थिइन्। बाँस झ्याङमा कसैले नदेख्ने स्थानमा लगेर हात, खुट्टा बाँधेर मुखमा पट्टीसमेत लगाएपछि बलात्कार भएको उनले बताइन्। उनले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको माग गरिन्।

प्रकाशित: ९ पुष २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast