काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: ९ पुष २०८१ ११:१६
प्रतिक्रिया