यस्तो बन्यो समिति

जेसिजको नेतृत्व रजनीको काँधमा

'जेसिजमा हारिँदैन। कि जितिन्छ, सिकिन्छ'

विवेक विवश रेग्मी ९ पुष २०८१ ७:३४
180
SHARES
जेसिजको नेतृत्व रजनीको काँधमा

इटहरी- नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्। सोमबार बेलुका इटहरीस्थित जनता माविको प्रांगणमा भएको निर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहानको राति आएको हो।

जसअनुसार थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर ३०९ रहेको छ।

यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।

को हुन् थापा?

मनोहरा जेसिजकी संस्थापक अध्यक्ष रहेकी उनी यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन्। अघिल्लो वर्ष बुटवलमा भएको महाधिवेशनमा अध्यक्षकी प्रत्याशी रहेकी उनले झिनो मतान्तरले रविन पोखरेलसँग पराजित भएकी थिइन्।

उनले जेसिजका उम्मेदवारले कहिल्यै पनि नहार्ने, कि जित्ने, कि सिक्ने बताउँदै आएकी छन्। सन् २०११ मा जेसिजको साधारण सदस्यको रूपमा जेसिज प्रवेश गरेकी उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोशन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसिजको अध्यक्ष भइन्।

संस्थापक अध्यक्ष बनेकी उनले मनोहरा जेसिजको संस्थापक अध्यक्ष बनिरहँदा नयाँ शाखालाई हुर्काउन ज्यादै चुनौतीपूर्ण रहेको स्मरण गरिन्। ‘म शाखा अध्यक्ष बनिरहँदा आफैँले स्थापना गरेको सामाजिक संस्था रजनी फाउण्डेशनबाट देखि, असहाय, गरिब र अनाथहरूलाई अभिभावकत्व प्रदान गरिरहेकी छु,’ उनी भन्छिन्, ‘सन् २०१९ मा नेपालभरमै सबैभन्दा बढी तालिम आयोजना गर्ने शाखा अध्यक्षको पुरस्कारबाट सम्मानित समेत भएकी छु।’

उनी सन् २०२१ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष, सन् २०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। ‘जेसिजमा हारिदैँन। कि, जितिन्छ, सिकिन्छ,’ उनले भनिन्, ‘मैले जेसिजलाई अब स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्नेछु।’ उनले जेसिज युवामाझ नभई समाजसामु पुग्नुपर्ने बताउँदै आएकी छन्।

उनी जेसिजमा मात्रै होइन, राजनीतिमा पनि अग्रपंक्तिमा छिन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएकी उनी नेपाल विद्यार्थी संघ सीटीईभीटी केन्द्रीय उपाध्यक्ष, नेपाली कांग्रेस टोखा नगर सदस्य, नगर सचिव हुँदै टोखा नगर सभापतिसमेत भइसकेकी छन्।

नेपाली कांग्रेस प्रशिक्षण विभाग प्रशिक्षक समेतको जिम्मेवारी सम्हालिसकेकी उनी अहिले काठमाडौँ क्षेत्र नं ५ को कांग्रेसको सचिव रहेकी छन्। ०७९ सालको स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा मेयरकी उम्मेदवार रहेकी थापा झिनो मतान्तरले मात्रै पराजित भएकी थिइन्।

मेयर पदमा झिनो मतले मात्रै पराजित भएकी उनी डगमगाइनन्। उनी जेसिज अभियानमा राष्ट्रिय नेतृत्व लिन लागिन्। शैक्षिक तथा व्यावसायिक कामका लागि उनी बेलायत, जापान, कोरिया, फिलिपिन्स, सिंगापुर, फान्स, दुबई, मलेसिया, थाइल्यान्ड,  फिनल्यान्ड, अजरबैजन, हङकङ, भारत, श्रीलंका, भुटान, बंगलादेशलगायत ३२ वटा देशको भ्रमण गरिसकेकी छन्।

बुबा तेजबहादुर थापा र आमा अनु थापाबाट जन्मिएकी उनी सिंगेटी हाइड्रोपावरकी बोर्ड अफ डिरेक्टरसमेत हुन्। पिसीएल नर्सिङ, स्नातक मानविकी, एलएलबी, राजनीतिक शास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा स्नातकोत्तर, गृह विज्ञान, बाल विकास तथा लैंगिक समावेशीकरणमा स्नातकोत्तरसम्म अध्ययन गरेकी रजनीले असफलतालाई सफलतामा बदल्न पुनः चुनावी मैदानमा होमिएको सुनाइन्।

बैद्धिक ट्राभल एन्ड टुर्स प्रालिकी अध्यक्ष, आर्ट कन्स्ट्रक्सन प्रालिकी सञ्चालक, सिंगटी हाईड्रोपावरकी बोर्ड अफ डाइरेक्टर रहेकी उनी नेपाल मरिसियस बिजनेस काउन्सिलको कोषध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेकी थापाको निरन्तरताको पर्याय नै उनको सफलता रहेको उनी बताउँछिन्।

‘म पटकपटकको असफलतामा पनि कतै डगमगाइन,’ उनले भनिन्, ‘बरू त्यो असफलतालाई एउटा सिकाइको रूपमा लिएर हरेक दिन निरन्तर मिहिनेत गरिरहेँ, जसको प्रतिफल आज प्राप्त भएको छ।’ उनले जेसिजलाई एउटा ‘ट्रेनिङ स्कुल’को रूपमा अगाडि बढाउने सुनाइन् । तालिमकै माध्यमबाट जेसिजमा आवद्ध भएकाहरूले दक्ष नेतृत्व गर्न सक्ने उनको विश्वास छ।

निर्वाचितहरूको मत कसको कति?

अध्यक्ष
रजनी थापा – ७६२ मत (विजयी)

जीवन कार्की– ४५३ मत

कार्यकारिणी उपाध्यक्ष

गणेश सापकोटा – ७८५ मत (विजयी)
एलिना महर्जन – ७३४ (विजयी)
कृष्ण सापकोटा – ७६८ (विजयी)
सौरभ श्रेष्ठ – ६८३ (विजयी)

उपाध्यक्ष

सन्दिप खत्री – १०६८ (विजयी)
दिपक अधिकारी – १०६२ (विजयी)
धनराज कँडेल – १०३४ (विजयी)
सुजन थापा काजी – १०२३ (विजयी)
संगम कार्की – ९५८ (विजयी)
बबिता पाण्डे – ९२२ (विजयी)
अभिषेक दुलाल – ९०७ (विजयी)
सुमत्रा भट्टराई – ८७८ (विजयी)
उज्जवल काबरा – ८२९ (विजयी)
सुवास गौतम – ८१८ (विजयी)
राघव कोइराला – ८०० (विजयी)
मनिप्रसाद अर्याल – ७८३ (विजयी)

प्रकाशित: ९ पुष २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast