यि हुन् ‘डिएसए स्टार-२०२४ का विजेता

हिमाल प्रेस ८ पुष २०८१ १६:०३
14
SHARES
यि हुन् ‘डिएसए स्टार-२०२४ का विजेता

काठमाडौँ- डान्सिङ, सिङ्गिङ एन्ड एक्टिक मिश्रित रियालिटी सो ‘डिएसए स्टार- २०२४ को विजेताहरुको नामावली सार्वजनिक भएको छ। परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको  डिएसए स्टारको याे १५ औं संस्करण हाे।

यसवर्ष कसले कुन पद जिते त?

प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ काे विजेता बनेकी छन् आइरा खड्का। जसमा दीपशिखा इटनी ‘फस्ट रनर अप’, सिसम खतिवडा ‘सेकेण्ड रनर अप’, उज्जवल तामाङ ‘थर्ड रनर अप’, सुयोग भुषाल ‘फोर्थ रनर अप’, प्रनिक थापा ‘फिफ्थ रनरअप’, अनुष्का तामाङ ‘सिक्स्थ रनरअप’ र इभा गुरुङ ‘सेभेन्थ रनरअप’ भए।

 ‘जुनियर डान्सिङ स्टार’तर्फ साम्देन थिङले उपाधि जितेकी छन्। यसअन्तर्गत कास्वी पुन मगर ‘फस्ट रनर अप’, अफ्रिल राई ‘सेकेण्ड रनर अप’, रिजा अधिकारी ‘थर्ड रनर अप’, स्मारिका ढकाल ‘फोर्थ रनर अप’, आर्या खनाल ‘फिफ्थ रनर अप’ र क्रिन्जल सापकोटा ‘सिक्स्थ रनर अप’ बने।

त्यस्तै ‘प्री-टीन डान्सिङ स्टार’ तर्फ सृष्टि ढकाल विजयी भएकी छन्। साइना राई ‘फस्ट रनर अप’, जिज्ञाशा शाही ठकुरी ‘सेकेण्ड रनर अप’, निरिशा बुर्लाकोटी ‘थर्ड रनर अप’, प्रसिद्धी शर्मा ‘फोर्थ रनर अप’ र साकुरा चौलागाईं ‘फिफ्थ रनर अप’ भए।

यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ आहाना पोखरेल विजेत भएकी छन्। उक्त प्रतियोगीतामा सान्भी काप्री ‘फस्ट रनर अप’ र श्रयम केसी ‘सेकेण्ड रनर अप’ भए।

‘प्री-टीन सिङगिङ स्टार’ तर्फ मानश्री भट्टले ताज जितेकी छन्। यस प्रतियोगितामा पार्सब भट्ट ‘फस्ट रनर अप’, सम्राट सिधाली मगर ‘सेकेण्ड रनर अप’ भए।

यस्तै ‘एक्टिङ स्टार’ तर्फ सचिन ढकालले उपाधि जित्दा ओजश्वी पौडेल ‘फस्ट रनरअप’, प्रिजम पोखरेल ‘सेकेण्ड रनरअप’ र सोहन श्रेष्ठ ‘थर्ड रनरअप भए।

विजेताले सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाउनेछन्। साथै विजेतालाई म्युजिक भिडियोमा अभिनयको अवसर पनि दिइने आयोजकले जनाएको छ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको निर्णायकमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता नन्दा बस्याल, सहरी विकास मन्त्रालयका सचिव बासुदेव खनाल र गायिका सुमित्रा निरौला थिए।

प्रकाशित: ८ पुष २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast