नगरपालिकाले नि:शुल्क दिने भयो सुत्केरी खर्चदेखि अत्येष्टिको शुल्कसम्म

हिमाल प्रेस ८ पुष २०८१ ८:५२
4
SHARES
नगरपालिकाले नि:शुल्क दिने भयो सुत्केरी खर्चदेखि अत्येष्टिको शुल्कसम्म

काठमाडौँ-  गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निशुल्क रूपमा उपलब्ध गराएको छ।

सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन्। ‘गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्‍याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ’, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, ‘नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि निःशुल्क उपलब्ध गराउँदै आएका छौँ।’

गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करूपमा गर्नसक्ने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: ८ पुष २०८१ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast