आपराधिक लाभ लिएकी इन्स्पेक्टर शाही अदालत उपस्थित

हिमाल प्रेस ७ पुष २०८१ १४:१६
16
SHARES
आपराधिक लाभ लिएकी इन्स्पेक्टर शाही अदालत उपस्थित इन्स्पेक्टर विनु शाही

काठमाडौँ- आपराधिक लाभको मुद्दामा मुछिएकी प्रहरी निरीक्षक बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन्। प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएपछि बयान थालिएको छ। बिनुकमारी बयानमा उपस्थित भएसँगै अब बयान लिइसकेर मुद्दाको सुनुवाइ प्रक्रिया पनि अघि बढेको छ। मोरङ निवासी एकजना घरजग्गा कारोबारीलाई ‘हनी ट्रयाप’मा पारेर रकम असुलेको घटनामा शाहीलाई पनि प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो।

इन्द्रकुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा चलाइएको थियो। यो मुद्दामा शाही फरार भएकी थिइन्। ‘हनी ट्रयापिङ’मा संलग्न गिरोहलाई कार्यालयमै बोलाएर बलात्कार आरोपी युवकसँग रकम मोलमोलाइ गरेको आरोपमा उनी छानबिनमा तानिएकी थिइन्। ललितपुर प्रहरी परिसरअन्तर्गतको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक शाहीको जिम्मेवारी खोसेर गत असोजमा छानबिन थालिएको थियो।

शाहीलाई भैंसेपाटीबाट फिर्ता बोलाएर आवश्यक छानबिन थालिएको थियो। बिनुकुमारीमाथि बलात्कारसम्बन्धी मुद्दा‘हनी ट्रयापिङ’गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको आरोप लागेको थियो। बलात्कारसम्बन्धी एउटा घटनालाई ‘हनी ट्रयाप’मा परिणत गरेर लाखौँ रुपैयाँ लेनदेन गरेको आरोपसहित उनीविरुद्ध उजुरी परेको थियो।

उनी जेठ २३ मा भैंसीपाटी प्रभागको नेतृत्व सम्हाल्न पुगेकी थिइन्। त्यसलगत्तै बलात्कारको एक घटनमा पीडित भनिएकासँगको साँठगाँठमा आर्थिक लाभ लिएको आरोप उनीमाथि थियो। त्यसबेला बलात्कार आरोपमा मोरङ निवासी एकजना व्यापारीलाई भैंसेपाटी प्रभागमा थुनिएको थियो। तर ती व्यापारीको मुद्दा मिलाउने नाममा हिरासतमै इन्स्पेक्टर बिनुकुमारीको पनि उपस्थितिमा ३० लाख रुपैयाँ लेनदेन गरिएको खुलेको थियो।

त असोज ७ गते एकजना युवतीले मोरङका ती व्यापारीलाई भैंसेपाटीमा बोलाएकी थिइन्। युवतीकै उजुरीका आधारमा प्रहरीले ती व्यापारीलाई पक्राउ गरेको थियो। प्रहरी प्रभाग परिसरमै व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने धम्कीसहित बार्गेनिङ गरेको खुलेको थियो। पीडित भनिएकी ती युवतीले प्रहरीकै सामु व्यापारीसँग ६० लाख रुपैयाँ मागेकी थिइन्। बार्गेनिङका क्रममा ३० लाखमा सहमति गरिएको खुलेको थियो।

बार्गेनिङका क्रममा प्राप्त भएको ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा हालिएको थियो। बाँकी १० लाख रुपैयाँ भने चेकका रुपमा दिएर व्यापारी प्रभागबाट रिहा भएका थिए। उक्त कुरा बाहिरिएपछि ललितपुर प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न युवती र उनलाई सघाउने युवकलाई पक्राउ गरेको थियो। उता इन्स्पेक्टर बिनुकुमारीथि छानबिनका लागि ललितपुर प्रहरी परिसरले समिति बनाएको थियो। उक्त घटनाबारे छानबिनका लागि डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको थियो।

प्रकाशित: ७ पुष २०८१ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast