काठमाडौँ- एक्सन जनरामा बनेको फिल्म ‘आउट लः दफा २१९’ आगामी फागुन २९ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मका कलाकार सुशील श्रेष्ठको क्यारेक्टर पोस्टरसहित नयाँ मिति सार्वजनिक गरेको छ।
यसअघि गत असोज ३ मा प्रदर्शन हुने भनिएको फिल्म पोस्टपोन्ड गरिएको थियो। फिल्मका लेखक तथा निर्देशक विक्की महर्जन हुन्।
सुशीलसहित फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनलगायत कलाकारको अभिनय छ। फिल्ममा नवीन गुरुङको छायांकन, साहिल खानको सम्पादन, चुल्ठे काजीको द्वन्द्व निर्देशन छ।
स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म अमित अग्रहरिको निर्माण गरेका हुन्। विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सहनिर्मातामा छन्।
प्रकाशित: ७ पुष २०८१ ११:३५
प्रतिक्रिया