काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ। शनिबार फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि हात पारेको हो।
जनकपुर बोल्ट्सले प्रतियोगितामा बलियो ठानिएको सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्यो। सुदूरपश्चिमले प्रस्तुत गरेको १८६ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
जनकपुर बोल्ट्सका लागि लहिरु मिलन्थाले सर्वाधिक ८७ रन बनाए। त्यस्तै कप्तान आसिफ शेखले ३३ रन बनाए। मोहम्मद मोहसिन ९ रन बनाएर आउट भए। हर्ष ठाकरले ३० रन बनाएर नटआउट रहे।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले रन १८४ बनाएको थियो।
ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको दह्रिलो सुरूवातका कारण सुदूरपश्चिमले जनकपुरसामु विशाल लक्ष्य खडा गरेको थियो।
यी दुईबाहेक सुदूरपश्चिमका अरू ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। ब्रेन्डन मैकमुलेनले १४, हरमीत सिंहले १४, कप्तान दीपेन्द्रसिंह ऐरीले ९ र स्कट कुगेलेनले १३ रन जोडे।
जनकपुर बोल्ट्सका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिए। त्यस्तै जेम्स निसम र ललित राजवंशीले १–१ विकेट निकाले।