एनपीएलको उपाधि भिडन्त : सुदूरपश्चिमले टस जित्यो, जनकपुरले बलिङ गर्ने

हिमाल प्रेस ६ पुष २०८१ १२:०५
6
SHARES
एनपीएलको उपाधि भिडन्त : सुदूरपश्चिमले टस जित्यो, जनकपुरले बलिङ गर्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्तमा जनकपुर बोल्ड्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने भएका छन्। जनकपुरले सुरुवातमा बलिङ गर्ने भएको छ।

लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए। दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो। लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो।

सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनको झिनो स्कोरमा समेटिएको थियो। लिग चरणमा शीर्ष दुईमा रहेका यि दुवैले पहिलो क्वालिफायर खेलेका थिए । बुधवारको पहिलो क्वालिफायरमा यी आमनेसामने भएका थिए । पहिलो क्वालिफायरमा पनि जनकपुरमाथि हाबी सुदूरपश्चिमले ८ विकेटको फराकिलो जित हात पारेको थियो।

प्रकाशित: ६ पुष २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast