काठमाडौँ– मेड्रिडको एक अदालतले अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का पूर्वप्रमुख एवं स्पेनका अर्थमन्त्री रोड्रिगो राटोलाई कर अपराध, मनी लन्ड्रिङ र भ्रष्टाचारको आरोपमा चार वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ।
स्पेनको कन्जरभेटिभ पपुलर पार्टीका पूर्वहेभिवेट राटोलाई सन् २०१८ मा बैंकमा काम गर्दा कोषको दुरुपयोग गरेको आरोपमा साढे चार वर्षको जेल सजाय सुनाइएको थियो।
अभियोजनकर्ताहरूले राटोले स्पेनी कर कार्यालयलाई धोका दिएर सन् २००५ देखि सन् २०१५ को बीचमा ८५ लाख युरो आफ्नै खल्तीमा राखेको दाबी गरेका छन्।
‘न्यायाधीशहरूले राटोलाई ‘ट्रेजरी विरुद्धको तीनवटा अपराध, मनी लान्ड्रिङको एउटा अपराध र व्यक्तिहरू बीचको भ्रष्टाचारको एउटा अपराधमा दोषी ठहर गरेका छन्,’ अदालतले भनेको छ।
राटोलाई चार वर्ष नौ महिना र एक दिनको जेल सजाय सुनाइएको छ र २० लाख युरो (२१ लाख डलर) भन्दा बढी जरिवाना गरिएको छ।फैसलाविरुद्ध उहाँले सर्वोच्च अदालतमा अपिल गर्न सक्नुहुनेछ ।
राटोले सन् २००४ देखि सन् २००७ सम्म आइएमएफको नेतृत्व गर्नुअघि जोस मारिया अजनारको कन्जर्भेटिभ सरकारमा अर्थमन्त्री र उपप्रधानमन्त्रीको रूपमा आठ वर्ष विभिन्न रूपमा सेवा गरेका थिए।
पछि उनले स्पेनको ऋणदाता ब्याङ्कियाको नेतृत्व गरेका थिए। त्यहाँ उनले सन् २०१० देखि सन् २०१२ को बीचमा व्यक्तिगत खर्चका लागि कम्पनीको क्रेडिट कार्डको दुरुपयोग गरेका थिए।
यसले उनलाई सन् २०२० को अन्त्यमा अर्ध–खुला जेल व्यवस्थामा सार्नुअघि सन् २०१८ को जेल सजाय प्राप्त भयो।