कांग्रेसमा बीपीको नाम लिएर जथाभावी गर्न थालियो : महामन्त्री थापा

हिमाल प्रेस ५ पुष २०८१ १७:४३
16
SHARES
कांग्रेसमा बीपीको नाम लिएर जथाभावी गर्न थालियो : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपी (विश्वेश्वरप्रसाद कोइराला) को नाम लिएर जथाभावी भन्ने परिपाटी पार्टीमा विकसित भइरहेको गुनासो गरेका छन्। शुक्रबार काठमाडौँमा कैलास कोइरालाद्बारा लिखित उपन्यास शास्त्रको विमोचनमा उनले यस्तो गुनासो गरेका हुन्। उनले पार्टीभित्र नेताहरूलाई आफूलाई भन्न मन लागेका जे पायो त्यही कुरा विपीको नाम लिएर भन्ने गरेकोमा असन्तुष्टि जनाए।

उनले पार्टीका नेता, कार्यकर्ताहरूले विपीले यस्तो भन्नुहुन्थ्यो भनेर अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए। उनले रेफरेन्समा प्रयोग गर्न पाइने भए पनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह पनि गरे। आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोपसमेत लगाए।

‘हाम्रो पार्टीभित्र जसलाई जे कुरा भन्नुपरे ता पनि कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्‍यो भने कहाँ गएर खोज्ने भने विपीले यस्तो भन्नुभएको थियो भन्ने। विपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न। विपीले यस्तो भनिदिएको थियो भनेर भनिदिने। त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने‚’ उनले भने, ‘कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला‚ कसैलाई के मन नपर्ला। बडो सजिलोसँग पार्टीको बैठकमा वा यस्ता मञ्चहरूमा सबै ठाउँमा हाम्रो बीचमा वादविवाद, विमर्श हुँदै गर्दा मान्छेले यो कुरा ठिक भएन भन्दै गर्दा विपी कोइरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ।’

महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु रहेको बताए। उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताए।

प्रकाशित: ५ पुष २०८१ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast