यु-१९ एसिया कप : आज नेपालले बंगलादेशलाई पराजित गरे फाइनलमा

हिमाल प्रेस ५ पुष २०८१ ८:३३
16
SHARES
यु-१९ एसिया कप : आज नेपालले बंगलादेशलाई पराजित गरे फाइनलमा फाइल तस्बिर।

काठमाडौँ- मलेसियामा जारी महिला यु-१९ एसिया कपको सुपर–४ मा आज नेपालले बंगलादेशसँग सामना गर्दैछ। यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ।

यसअघि सुपर-४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलंकाले समान एक/एक अंक बाँडेका थिए। आजको खेल नेपालको लागि महत्त्वपूर्ण छ।

आजको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ।

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो। यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक/एक अंक बाँडेका थिए। तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।

गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन्। यसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन्।

पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन्। फाइनल खेल आगामी आइतबार हुनेछ।

प्रकाशित: ५ पुष २०८१ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast