आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

हिमाल प्रेस ५ पुष २०८१ ७:०८
10
SHARES
आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश स्थानमा मुख्यतया मौसम सफा रहने जनाएको छ।

विभागले तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सफा रहने विभागको भनाइ छ।

विभागले राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: ५ पुष २०८१ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast