तिलागुफा साक्षर पालिका घोषणा

हिमाल प्रेस ४ पुष २०८१ १७:००
6
SHARES
तिलागुफा साक्षर पालिका घोषणा नगरपालिका साक्षर घोषणा कार्यक्रम

कालिकोट – तिलागुफा नगरपालिकालाई साक्षर घोषणा गरिएको छ। बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा साक्षर पालिका घोषणा गरिएको हो।

साक्षर घोषणा भएको तिलागुफा कालिकोटको सातौँ पालिका हो। अब सन्नित्रीबेनी नगरपालिका र खाँडाचक्र नगरपालिका साक्षर घोषणा हुन बाँकी छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार तीलागुफाको जनसंख्या १६ हजार १९७ रहेको छ। नगरपालिकामा ३६ सामुदायिक विद्यालय छन्।

साक्षर पालिका घोषणा गर्ने अभियानअन्तर्गत ११ वटै वडामा सामुदायिक सिकाई केन्द्रमार्फत निरक्षर विवरणअनुसार तथ्याङ्क संकलन गरिएको थियो। जसअनुसार एक हजार ६६ जन निरक्षर रहेका छन्।

घोषणाका आधार तोकिएका १२ सूचक मध्ये ९५ प्रतिशत पूरा गरेपछि साक्षर पालिका घोषणा गरिएको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले बताए।
उनका अनुसार नगरपालिकाले साक्षर अभियानअन्तर्गत सञ्चालन गरेका क्रियाकलापको निरन्तरता, सिपसँग जोड्न, सिकाईलाई निरन्तर प्रक्रिया रूपमा लिने र आगामी आर्थिक वर्षहरुमा निश्चित बजेट विनियोजन गरिने लगायतका प्रतिबद्धता जनाइएको छ। तिलागुफालाई आगामी आर्थिक वर्ष २०८३ / ८४ मा पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य लिइएको छ।

मन्त्री घनश्याम भण्डारीले साक्षर नगरपालिका घोषणा सँगै पाठ्यक्रम र पाठ्यवस्तुमा लेखिएका विषयवस्तुलाई व्यावहारिक जीवनमा लागू गर्न उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने धारणा राखे। त्यसका लागि प्रमुख पर्यटकीय स्थल रारा जाने बाटोमै रहेको कालीकोटमा पर्यटन र जडीबुटीको क्षेत्रमा थुप्रै सम्भावना रहेको बताए। त्यसको कार्यान्वयनमा स्थानीय तहहरुले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

नेताहरुप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको बताउँदै उनले निर्वाचित जनप्रतिनिधिले गाउँ समाज बनाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे।

जिल्ला समन्वय समितिका प्रमुख रञ्जित शाहीले स्वास्थ्य, शिक्षालाई नैसर्गिक अधिकार भनिएनुरुप कार्यान्वयनमा सबै तहका सरकार कटिबद्ध हुनुपर्ने बताए।

प्रकाशित: ४ पुष २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast