काठमाडौँ– कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स), कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमेडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन, बीए (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) विज्ञापन र मार्केटिङ, बीए (अनर्स) इभेन्ट्स र टुरिजम म्यानेजमेन्टका कुल ७५० विद्यार्थी सहभागी भएका थिए।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित ‘इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति’ र प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति’ प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिइएको कलेजले जनाएको छ।
यस वर्षको प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति’ लक्षिना बज्राचार्य र कुशल कार्कीले प्रदान गरिएको कलेजले बताएको छ। छात्रवृत्ति रकम साढे एक करोडभन्दा बढी हुने बताइएको छ।
छात्रवृत्ति रकमले कलेज शुल्क, बस्ने खर्च र दुईतर्फी हवाई भडाजस्ता खर्चका लागि प्रयोग गर्न सकिने कलेजले जनाएको छ।
त्यस्तै यस वर्षको ‘इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति’ निश्चल आचार्य र सुजल तुलाधरलाई प्रदान गरिएको छ। छात्रवृत्ति प्राप्त भएसँगै उनीहरूले इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन्। त्यस्तै इनोभेट नेपाल ग्रुपअन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसरसमेत पाउने कलेजले जनाएको छ।
इस्लिङ्गटन कलेजले २८ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रहरूमा स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।