काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ। त्रिवि मैदान कीर्तिपुरमा टस जितेको जनकपुरले पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनायो।
जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २३ बलमा ४५ रन बनाए भने हर्ष ठाकरले २६ रनको योगदान दिए। सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ र सैफ अली जैबले दुई विकेट लिए। यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले बिहीबार कर्णाली याक्ससँग क्वालिफायर २ खेल्नेछ।
प्रकाशित: ३ पुष २०८१ १४:५१
प्रतिक्रिया