सिर्सिया बन्दरगाहमा घट्यो राजस्व

हिमाल प्रेस ३ पुष २०८१ ९:३५
2
SHARE
सिर्सिया बन्दरगाहमा घट्यो राजस्व

पर्सा- वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको हो। सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व संकलनमा कमी आएको जानकारी दिए।

कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ। चालु आवको साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ, असोजमा चार अर्ब ३६ करोड रुपैयाँ र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालय जनाएको छ।

यस्तै, मंसिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात तीन अर्ब २२ करोड ८४ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयले गत आवको पाँच महिनामा २१ अर्ब चार करोड १६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

प्रकाशित: ३ पुष २०८१ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast