एनपीएल : लिग चरणमा भएका रोचक तथ्यांक र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी

हिमाल प्रेस २ पुष २०८१ ११:३७
18
SHARES
एनपीएल : लिग चरणमा भएका रोचक तथ्यांक र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी एनपीएलमा सहभागी टिमका कप्तानहरू। तस्बिर : एनपीएल

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणका खेल सकिएका छन्। ८ सहभागी टिममा ४ टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने चार टोली प्रतियोगिताबाट बाहिरिएका छन्।

सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् भने काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिएका छन्।

एनपीएलको प्लेअफ चरण बुधबारदेखि सुरु हुँदैछ। इलिमिनेटर खेलमा कर्णाली याक्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

क्वालिफायर १ को पराजित टोलीले इलिमिनेटर विजेतासँग फाइनल स्थानका लागि खेल्ने मौका पाउनेछ। यहाँ लिग चरणका रोचक तथ्यांक र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रस्तुत गरिएका छन्:

सबभन्दा धेरै जित

सुदूरपश्चिम रोयल्स – ६

जनकपुर बोल्ट्स – ५

चितवन राइनोज/कर्णाली याक्स/काठमाडौं गोर्खाज – ४

सबभन्दा उच्च टिम स्कोर

विराटनगर किंग्स-१९३/८ लुम्बिनी लायन्सविरुद्ध

लुम्बिनी लायन्स – १९१/७ विराटनगर किंग्सविरुद्ध

सुदूरपश्चिम रोयल्स – १८७/४ लुम्बिनी लायन्सविरुद्ध

सबभन्दा कम टिम स्कोर

जनकपुर बोल्ट्स – ५१ सुदूरपश्चिम रोयल्सविरुद्ध

पोखरा एभेन्जर्स – ७४ चितवन राइनोजविरुद्ध

लुम्बिनी लायन्स – ८५ काठमाडौं गोर्खाजविरुद्ध

कुल टिम रन

सुदूरपश्चिम रोयल्स – १०४८ रन

चितवन राइनोज – १०१३ रन

लुम्बिनी लायन्स – १०१३ रन

सबभन्दा धेरै रन खाएको टिम

लुम्बिनी लायन्स – १०५७ रन

विराटनगर किंग्स – १०२६ रन

पोखरा एभेन्जर्स – १०१४ रन

सर्वाधिक रन बनाउने खेलाडी

रोहित पौडेल (लुम्बिनी लायन्स) – २७९ रन, सात इनिङमा औसत ३९.८५

रवि बोपारा (चितवन राइनोज) – २३३ रन, सात इनिङमा औसत ३८.८३

एन्ड्रिज गाउस (पोखरा एभेन्जर्स) – २२४ रन, छ इनिङमा औसत ४४.८०

सबभन्दा धेरै विकेट लिने खेलाडीहरू

 स्कट कुग्गेलाइन (सुदूरपश्चिम रोयल्स) – १५ विकेट, सात इनिङमा औसत ९

ललित राजवंशी (जनकपुर बोल्ट्स) – १३ विकेट, सात इनिङमा औसत १०.६९

रिजन ढकाल (चितवन राइनोज) – १३ विकेट, सात इनिङमा औसत १४.४६

सबभन्दा उच्च स्कोर

एन्ड्रिज गाउस (पोखरा एभेन्जर्स) – १०४ नटआउट (५५ बल)

रोहित पौडेल (लुम्बिनी लायन्स) – ९५ (४९ बल)

एसए जाईब (सुदूरपश्चिम रोयल्स) – ९० (६१ बल)

सबभन्दा राम्रो बलिङ प्रदर्शन

विलियम बोसिस्टो (कर्णाली याक्स)-६ विकेट २८ रन, ४ ओभर पोखरा एभेन्जर्सविरुद्ध

स्कट कुग्गेलाइन (सुदूरपश्चिम रोयल्स) – ५ विकेट १८ रन, ३.४ ओभर पोखरा एभेन्जर्सविरुद्ध

नरेन साउद (सुदूरपश्चिम रोयल्स) – ५ विकेट १९ रन, ३.५ ओभर काठमाडौं गोर्खाजविरुद्ध

सबभन्दा धेरै क्याच लिने खेलाडीहरू

अनिल साह (जनकपुर बोल्ट्स) – १२ क्याच, सात इनिङमा

नरेश बुढाएर (सुदूरपश्चिम रोयल्स) – ९ क्याच, सात इनिङमा

ब्रेंडन म्याकमुलन (सुदूरपश्चिम रोयल्स) – ७ क्याच, सात इनिङमा

सबभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीहरू

जेम्स नीशम (जनकपुर बोल्ट्स) – १५

कुशल मल्ल (चितवन राइनोज) – १४

दिपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) – ११

सबभन्दा ठूलो साझेदारी

दिनेश खरेल/एन्ड्रिज गाउस (पोखरा एभेन्जर्स) – १७६ नटआउट लुम्बिनी लायन्सविरुद्ध

हर्ष ठाकेर/लाहिरु मिलन्था (जनकपुर बोल्ट्स) – ११६ नटआउट विराटनगर किंग्सविरुद्ध

साद बिन जफर/रोहित पौडेल (लुम्बिनी लायन्स) – ११४ रन चितवन राइनोजविरुद्ध

सबभन्दा राम्रो ब्याटिङ स्ट्राइक रेट

जेम्स नीशम (जनकपुर बोल्ट्स) – १९३.६७

सोमपाल कामी (कर्णाली याक्स) – १८८

दिपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) – १६७.७९

सबभन्दा राम्रो बलिङ इकोनोमी

हर्मित सिंह (सुदूरपश्चिम रोयल्स) – ३.७५

मोहम्मद मोहसिन (जनकपुर बोल्ट्स) – ४.९१

ललित राजवंशी (जनकपुर बोल्ट्स) – ४.९६

अहिलेसम्मको एक शतक

एनपीएलमा अहिलेसम्म एक मात्रै खेलाडीले शतक हानेका छन्। अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस। पोखरा एभेन्जर्सबाट खेलेका उनले लुम्बिनीविरुद्धको खेलमा जादुमयी प्रर्दशन मात्रै गरेनन्, १०४ रन हान्दै नटआउट खेले।

बढी अर्धशतक हान्ने खेलाडी

एनपीएलमा बढी अर्धशतक हान्ने खेलाडीको कीर्तिमान रोहित पौडेलको नाममा छ। उनले पोखरा र चितवनविरुद्धको खेलमा गरेर दुई अर्धशतक हानेका छन्। उनले पोखराविरुद्ध ९५ र चितवनविरुद्ध ८० रन हानेका थिए।

चितवनका रवि बोपराले पनि दुई अर्धशतक हानिसकेका छन्। कर्णाली र पोखराविरुद्धको खेलमा उनले अर्धशतक हानेका थिए। कर्णालीविरुद्धको उनले ५९ रन र पोखराविरुद्ध ५१ रन हानेका थिए। तर, ब्याटिङ स्ट्राइक रेटका आधारमा रोहित अग्रस्थानमा छन्।

एक बलमा १५ रन
यो एनपीएलमा एक बलमा १५ रन बनेको छ। विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको हो। चितवन राइनोजका बलर अमर सिंह रौटेलाले एकै बलमा १५ रन खर्चिंदै विराटनगरका बसिर अहमदलाई यो अनौठौ कीर्तिमान बनाउन सघाएका हुन्।

चितवन राइनोजका बलर राउटेलाको ओभरमा विराटनगरले एकै बलमा १५ रन जोडेको हो। उनले फ्याँकेको ओभरको अन्तिम बलले यो रन बनाउन सघाएको हो।

प्रकाशित: २ पुष २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast