तत्काल पार्टी एकता गर्दैनौँ : एकीकृत समाजवादी

हिमाल प्रेस २ पुष २०८१ ९:५०
14
SHARES
तत्काल पार्टी एकता गर्दैनौँ : एकीकृत समाजवादी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले तत्काल अन्य पार्टीसँग एकता नगर्ने भएको छ। पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरूपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो।

बैठकमा पार्टी महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत प्रस्ताव पारित गरिएको थियो। बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार खडा गर्ने पार्टीको सांगठनिक सुदृढीकरण गर्ने निर्णय गरिएको छ। उनले आगामी कार्यक्रम तथा नीतिलगायत विषयमा प्रतिवेदन प्रस्तुत गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गत मंसिर २६ गतेदेखि जारी बैठकमा पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ। पार्टीको संगठन सुदृढीकरण गरी ‘पार्टी गाउँका जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित कार्यदलले बैठकमा नेताहरूको कार्यविभाजन पेश गरेपछि बैठकले अनुमोदन गर्ने उपाध्यक्ष खतिवडाले जानकारी दिए। विगतमा विभिन्न जिम्मेवारीमा रहेर सांगठनिक कार्यसम्पादन तथा राजनीतिक गतिविधिमा योगदान गरेका सक्षम नेताहरूलाई विभाग, जनवर्गीय संगठनका इन्चार्जको जिम्मेवारी प्रदान गर्ने तयारी छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्वस्थता कारण बैठकमा लिखित दस्तावेज प्रेसित गरेका थिए।

प्रकाशित: २ पुष २०८१ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast