ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २ पुष २०८१ ८:५०
6
SHARES
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ- दाङको देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-२ लालमटिया कटेशनाला नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका साढे ६ बजेतिर ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर निवासी १८ वर्षीय सोनु गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। ठक्करबाट गम्भिर घाइते भएका गुरुङको गएराती नै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: २ पुष २०८१ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast