यू १९ महिला एसिया कप : पाकिस्तानपछि भारतसँग जित निकाल्ने लक्ष्यमा नेपाल

हिमाल प्रेस २ पुष २०८१ ७:०६
10
SHARES
यू १९ महिला एसिया कप : पाकिस्तानपछि भारतसँग जित निकाल्ने लक्ष्यमा नेपाल

काठमाडौँ- मलेसियामा जारी एसीसी यू १९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ। एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन्।

खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ। सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको हो।

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

प्रकाशित: २ पुष २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast