![राजविराजमा रात्रिकालीन उडान सुरु](https://himalpress.com/wp-content/uploads/2024/12/rajbiraj_airport.jpg)
उनले भने,‘अब राजविराज छायामा पर्नेछैन। विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ। यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन्।’
मन्त्री पाण्डेले विमानस्थलको रात्रिकालीन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताए। उनले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे।
उनले राजविराजबाट सिधा पोखरालगायत गन्तव्यमा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए। यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए।
यो सँगै रात्रिकालीन उडान हुने विमानस्थलको संख्या १० पुगेको छ। भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान भइरहेको छ।
राजविराज विमानस्थलमा विसं २०७६ माघ १८ देखि बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर विमानमार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो।
राजविराज विमानस्थल विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका थिए। राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावन मार्ग रहेको छ। लामो समय बन्द रहेको राजविराज विमानस्थलबाट विसं २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको थियो। उसले उडान सुरु गरेको एक वर्ष राजविराज उडान बन्द गरेको थियो।