यू-१९ अभ्यास खेल : नेपालले हङकङलाई ३ विकेटले हरायो

हिमाल प्रेस १ पुष २०८१ १६:३९
8
SHARES
यू-१९ अभ्यास खेल : नेपालले हङकङलाई ३ विकेटले हरायो

काठमाडौँ- हङकङविरुद्धको १९ वर्षमुनिको एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी भएको छ। मूलपानी क्रिकेट स्टेडियममा आज भएको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले पराजित गरेको हो। जितका लागि हङकङले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २६ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा सिब्रिन श्रेष्ठले सर्वाधिक २३ रनको योगदान गरे। दिलसाद अलीले नटआउट १८ तथा सन्तोष यादवले १५ रन बनाउँदा कप्तान अभिषेक तिवारीले १० रन जोडे। त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ४१ ओभर १ बलमा अल आउट हुँदै ११३ रन बनाएको थियो।

उसका लागि अब्दुल सामदले अर्धसतकीय पारी खेले। ९८ बल खेलेका उनी ५ चौका प्रहार गर्दै ५० रनमा अविजित रहे। कप्तान शिभ माथुरले २० तथा प्रित मंगुकियाले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए।

प्रकाशित: १ पुष २०८१ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast