कांग्रेसले पीएल सिंहको शोकमा तीनदिन आधा झन्डा झुकाउने

हिमाल प्रेस १ पुष २०८१ १५:१०
14
SHARES
कांग्रेसले पीएल सिंहको शोकमा तीनदिन आधा झन्डा झुकाउने

काठमाडौँ- काठमाडौँका पूर्वमेयर पीएल सिंहको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ। आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यस्तै, पौडेलका अनुसार भोलि (मंगलबार) पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ। पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ।

सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको हो। उनको पार्थिव शरीरलाई बिहान १ बजेसम्म निवासमै श्रद्धाञ्जलीका लागि राखिएको थियो। त्यसपछि उनको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको थियो। सानेपामा सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू श्रद्धाञ्जली दिन पुगेका थिए।

गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए। पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ। उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने बताइएको छ।

पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए। पीएल सिंह अविवाहित हुन्। उनका भाइ र बहिनीहरू छन्।

प्रकाशित: १ पुष २०८१ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast